बैशाख २८, २०८१, शुक्रबार
               

संक्रमण देखिँदा आफूखुशी औषधि नखानुस् : स्वास्थ्य मन्त्रालय

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरिरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने बताए ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका कार्य गरेर समय व्यतित गर्न पनि आग्रह गरे ।

डा. गौतमलले कोरोना संक्रमणको लक्षण मध्ये स्वाद हराउनु पनि भएकाले खाना मन नलागे पनि प्रतिरोधात्मक शक्ति बढाउन स्वस्थकर खाना खान पनि सुझाब दिए ।


कस्तो लाग्यो ?

यो पनि