बैशाख २८, २०८१, शुक्रबार
               

बुधबार थपिए ३३ सय ९ संक्रमित, थप ३० जनाकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । साथै हाल देशभर ३६ हजार ९११  जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १०३४  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि