बैशाख २७, २०८१, बिहीबार
               

वीर अस्पतालका चिकित्सकहरु द्वारा सामूहिक राजीनामा

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले आज (बुधबार) सामूहिक राजीनामा दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफूहरुको माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको समेत चिकित्सकहरुले उल्लेख गरेका छन् ।

यसअघि वीर अस्पतालका चिकित्सकहरुले कार्तिक २ गते आन्दोलन गरेका थिए । साथै उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी बसेको कोठामा ताला लगाएका थिए ।

सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर लिखित माग प्रस्तुत गरिए पनि कुनै सम्बोधन नभएपछि उनीहरुले आन्दोलन गरेका थिए ।

यो पनि