बैशाख २७, २०८१, बिहीबार
               

मंगलबार थपिए ३१ सय १४ संक्रमित, मृतककाे संख्या १ हजार नाघ्यो

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ । साथै हाल देशभर ३७ हजार ४७६  जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३१ सय ४२ जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ४१ हजार १४३ पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १००४  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि