जेठ ०५, २०८१, शनिबार
               

कैलालीका दुई नगर प्रमुखमा कोरोना

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरू दुवै जना होम आइसोलेसनमा बसिरहेका छन् । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको हाे ।


कस्तो लाग्यो ?

यो पनि