जेठ ०५, २०८१, शनिबार
               

आइतबार थपिए २८ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

हाल देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन् । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ९६० पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि