जेठ ०५, २०८१, शनिबार
               

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघ्यो

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

ललितपुर । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघेको जानकारी दिएको छ । 

ललितपुरमा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको छ । यस जिल्लामा कोरोनाका कारण ७७ जनाको मृत्यु भएको छ भने कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या पाँच हजार ९७६  छ ।

ललितपुरका प्रमुख डा खगेश्वर गेलालले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१० पुगेको बताए । उनले भने, ‘मुलुकमा दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक ट्रेसिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।’

ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही सङ्क्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी सङ्क्रमित र ६० वर्ष उमेर माथिका धेरै सङ्क्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ । 

कुल सङ्क्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराए । ‘सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्,’ उनले भने, ‘जिल्लाभर सङ्क्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।’


कस्तो लाग्यो ?

यो पनि