काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ८४३ जना कोरोना संक्रमित पहिचान भएका छन् । जसमा काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘ आठ हजार २४८ जनाको पीसीआर गर्दा एक हजार ९५४ जनामा संक्रमण पुष्टि भएको हो ।’
त्यसैगरी, उनले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ पुगेको जानकारी दिए । यसका अलवा उनले संस्थागत आइसोलेसनमा सात हजार ७०९ र होम आइसोलेसनमा ३१ हजार ९३४ छन् ।
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।