बैशाख २२, २०८१, शनिबार
               

पूर्वी नवलपरासीमा थप एक संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

कोरोना संक्रमणबाट पूर्वी नवलपरासीको कावासोतीमा  थप एक जनाको मृत्यु भएको छ ।  यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।  

कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताए । 

गत  कात्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । सोमबार बिहान ३ बजे मध्यविन्दुस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।


कस्तो लाग्यो ?

यो पनि