बैशाख २२, २०८१, शनिबार
               

जिल्ला समन्वय प्रमुख, सीडीओ र डीएसपीलाई कोरोना

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

खोटाङ । जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना संक्रमण भएकाे छ । 

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुखेको छ भने प्रजिअ पौडेललाई ज्वरो देखिएको छ । डीएसपी चिमरीयालाई पनि सामान्य रुघाको लक्षण देखिएको छ ।

शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल खोटाङले जनाएकाे छ ।  आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको हो ।


कस्तो लाग्यो ?

यो पनि