बैशाख २२, २०८१, शनिबार
               

पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ५३५मा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५मा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा आइतबार उपत्यकामा थप भएका कोरोना पुष्टि भएकामध्ये काठमाडौंमा एक हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ छन् । 

योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जनालाई संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। आइतबार देशभर ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन्। आज देशभर ५ जना संक्रमितको मृत्यु भएको छ।


कस्तो लाग्यो ?

यो पनि