जेठ ०५, २०८१, शनिबार
               

पछिल्लो २४ घन्टामा थप दुई हजार आठ सय ५६ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार आठ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप भएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा तीन हजार तीन सय ३६ जना डिस्चार्ज भई घर फर्किएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा नेपालमा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय ४७ पुगेको उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि