जेठ ०५, २०८१, शनिबार
               

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारको परीक्षणपश्चात् आफूलाई कोरोना पुष्टि भएको भनी उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । 

कोरोना संक्रमण पुष्टि भएसँगै उनी ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

कोरोना पुष्टिपश्चात् उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।'

यो पनि