जेठ ०५, २०८१, शनिबार
               

देशभरबाट पछिल्लो २४ घन्टामा थप दुई हजार आठ सय ४६ जना कोरोनामुक्त

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभरका विभिन्न आइसोलेसनबाट पछिल्लो २४ घण्टामा थप दुई हजार आठ सय ४६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा एक लाख ८ हजार ३ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । 

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६९ दशमलभ आठ प्रतिशत निको भएर घर फर्केका छन् ।  मन्त्रालयका अनुसार देशभर १३ हजार ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ८० हजार ८ सय ६२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ हजार ३ सय २२ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४६ हजार ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि