काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४२९ महिला र ६८१ पुरुषमा कोरोना पुष्टि भएको छ ।
योसँगै काठमाडौंमा संक्रमितको संख्या ५५ हजार ७७, ललितपुरमा ७ हजार ७ सय ३६ र भक्तपुरमा ५ हजार १ सय ५० पुगेको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।