जेठ ०५, २०८१, शनिबार
               

अस्पतालले भर्ना लिन नमान्दा ३६ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमित युवालाई अस्पतालले उपचारका लागि भर्ना लिन नमानेपछि आफ्नै गाउँको आइसोलेसन सेन्टरमा फर्काइएका ३६ वर्षीय युवकको मृत्यु भएको छ । 

बराहक्षेत्र नगरपालिका ७ बा‌ङ्गे सुनसरीका मृतक दुई दिनअघि ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । तर, कोसीले भर्ना लिन नमान्दा घरकै आइसोलेसनमा फर्काइएका उनको शनिबार मृत्यु भएको हो । 

त्यहाँ पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि भर्ना गर्न अनुरोध गर्दा पनि सो अस्पतालले भर्ना लिन नमानेको बताइएको छ ।

नोबेलले आइसियू र भेन्टिलेटर खाली नभएको बताउँदै उनलाई फिर्ता पठाइएको बताइएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने प्रयास गरिएको, तर  प्रतिष्ठानमा पनि आइसियू र भेन्टिलेटर अभाव भएपछि फर्काएर चतराको आइसोलेसन सेन्टरमा राखिएको थियो ।

यो पनि