जेठ ०५, २०८१, शनिबार
               

प्रदेश सभामुख घर्तीले जिते कोरोना

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो । यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई पनि संक्रमण देखिएकाे थियो । 

त्यस्तै भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि