काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनललाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ ।
कोरोना संक्रमणपछि उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो । उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए ।
हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएर उनलाई काठमाडौं ल्याएको बताइएको छ ।