जेठ ०५, २०८१, शनिबार
               

प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेका उनमा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका हुन् । उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् ।  मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।  उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गरे । 

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।  उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् भने उनकाे स्वास्थ्यावस्था पनि सामान्य  छ । 


कस्तो लाग्यो ?

यो पनि