जेठ ०५, २०८१, शनिबार
               

विराटनगरमा २ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

विराटनगर । नोबेल मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका-८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको मेडिकल कलेजले जनाएकाे छ । 

नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालका अनुसार मृतक पुरुषकाे फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए । सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।

साथै मृतक महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको शुक्राबार नै मृत्यु भएको हो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।


कस्तो लाग्यो ?

यो पनि