काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।