जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काभ्रे । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् ।

काभ्रेपलाञ्चोकमा बुधबार ३१ संक्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना संक्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना संक्रमणमुक्त भएका थिए । 

पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् । 

“एकै दिन दोब्बर सङ्ख्यामा संक्रमणमुक्त भएको यो पहिलोपटक हो”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । उनका अनुसार जिल्लामा हालसम्म ५१५ महिलासहित एक हजार ३४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८३५ संक्रमणमुक्त भएका हुन् । 
    
हालसम्म कोरोना संक्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । 

गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो । कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत अर्थात् ५२६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३०४ पुरुष र २२२ महिला छन् । 

हालसम्म २३४ पुरुष र १४९ महिला गरी कूल ३८३ जना संक्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । 

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । 

कूल संक्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४०४ होम आइसोलेसनमा उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि