बैशाख २०, २०८१, बिहीबार
               

कोरोना खोप परीक्षणमा सहभागी एक व्यक्तिको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

ब्राजिलमा कोरोना खोप परीक्षणमा सहभागी एक व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको हो । 

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै सहभागी व्यक्ति कोरोना खोपको परीक्षणमा सहभागी भए पनि मेनेन्जाइटिसको खोप दिइएको थियो । यदि उनलाई कोभिड-१९ विरुद्धको खोप दिइएको थियो भने कोरोना खोपको परीक्षण रोकिने जानकारी स्रोतले दिएको रोयटर्सले उल्लेख गरेको छ ।

विश्वविद्यालयका प्रवक्ताका अनुसार ब्राजिलका ६ सहरका करिब ८ हजार जनालाई कोरोना खोपको पहिलो डोज दिइएको छ । तीमध्ये केहीलाई दोस्रो डोज पनि दिइएको विश्वविद्यालयले जनाएको छ ।

तर, परीक्षणमा सहभागी भएका व्यक्तिको मृत्यु भए पनि खोप कार्यक्रम भने जारी राख्ने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको रोयर्टसले अक्सफोर्ड विश्वविद्यालयलाई उद्धृत गरेको छ । 

ब्राजिलमा तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेको साओपाउलोको संघीय विश्वविद्यालयका अनुसार यस घटनाको छानबिनका लागि बनाइएको स्वतन्त्र समितिले परीक्षण जारी राख्न सुझाव दिएको छ । विश्वविद्यालयले यसअघि कोरोना खोपको परीक्षणमा सहभागी व्यक्ति ब्राजिली नागरिक भएको जानकारी दिएको थियो ।

त्यसैगरी, सिएनएन ब्राजिलका अनुसार मृत्यु हुने व्यक्ति रियो डि जेनेरियोका २८ वर्षीय व्यक्ति हुन् । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट सिर्जित जटिलताका कारण भएको पनि दाबी गरिएको छ ।

यो पनि