जेठ ०५, २०८१, शनिबार
               

कोरोना निको भइसकेपछि पनि देखिन्छन् यस्ता गम्भीर समस्या

एजेन्सी
कात्तिक ०६, २०७७

ADVERTISEMENT

कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि व्यक्तिमा धेरै महिनासम्म भाइरसको असर देखिने एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको अनुसन्धानले संक्रमणमुक्त भएकामध्ये ६४ प्रतिशत मानिसमा सास फेर्न गाह्रो हुने तथा ५५ प्रतिशत व्यक्तिमा थकान महसुस हुने समस्या हुने गरेको बताएको छ ।

फोक्सोमा समस्या

यस्तै कोरोना संक्रमणबाट मुक्त भइसके पनि धेरैजसोको फोक्सोले राम्रोसँग काम नगरेको अनुसन्धानले देखाएको छ ।

अनुसन्धानकर्ताका अनुसार एमआरआई गरेर हेर्दा ६० प्रतिशत व्यक्तिको फोक्सो असामान्य पाइएको अध्ययनबाट थाहा भएको छ ।

मिर्गौलामा समस्या

यस्तै अध्ययनका अनुसार, २९ प्रतिशत संक्रमितको मिर्गौलामा समस्या देखियो भने २६ प्रतिशतमा मुटु र १० प्रतिशत मानिसमा कलेजोमा समस्या देखिएको छ ।

थकानको समस्या

संक्रमण मुक्त भइसकेपछि पनि ५५ प्रतिशत मानिसमा थकानको समस्या भइरहेको पाइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीको रेडक्लिफ डिपार्टमेन्ट अफ मेडिसिनका चिकित्सक ब्याटी रमन भन्छन्, ‘तथ्यांकले के देखाउँछ भने, संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्य जाँच आवश्यक छ। अस्पतालबाट डिस्चार्ज भइसकेपछि पनि स्वास्थ्य निगरानीका लागि एक विधि विकास गर्नुपर्ने देखिन्छ।’

यसैबीच, संक्रमित निको भइसकेपछि पनि पहिलेजस्तो स्वस्थ महसुस गर्न नसक्ने बेलायतको ‘नेसनल इन्स्टिच्युट फर हेल्थ’ले जनाएको छ ।

शरीरका विभिन्न भागमा कोरोनाको प्रभाव लामो समय रहिरहने अनुसन्धानकर्ता बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि