जेठ ०५, २०८१, शनिबार
               

आज एकैदिन २६ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ ।

योसहित देशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । आज नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ भने दुई हजार ९९६ जनाले काेरोना जितेर घर फर्केका छन् । 

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।  आजसम्म ९९ हजार ६०५ जनाले कोरोना जितेका छन् भने आज २० हजार ११८ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि