जेठ ०५, २०८१, शनिबार
               

संक्रमित भर्ना गर्दा ५० हजार धरौटी, आईसीयूमा राख्नुपरे २ लाख

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काभ्रे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामी स्वयंले उपचार गर्नुपर्ने निर्णय गरेसँगै काभ्रेको धुलिखेल अस्पतालले विरामी भर्ना गर्नुअघि धरौटी रकम जम्मा गर्नुपर्ने सूचना निकालेको छ । 

अस्पताल प्रशासकले जारी गरेको सूचना अनुसार सामान्य विरामी भर्ना हुनुअघि ५० हजार, मध्य अवस्थाको विरामीले एक लाख र आईसीयूमा राख्नुपर्ने विरामीले २ लाख रुपैयाँ धरौटी रकम अस्पतालको नगद शाखामा जम्मा गर्नुपर्ने छ ।

सोमबारदेखि नै अस्पतालले यस्तो सूचना जारी गरेको हो । विरामीको औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको थप रकम लाग्ने पनि अस्पतालले जनाएको छ । 

अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या भएकालाई ७ हजार ५ सय र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्नेछ । सोही रकममा अस्पतालले खाना खुवाउने छ ।

कात्तिक २ गतेदेखि लागू हुने गरेर सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने निर्णय गरेको थियो । 

सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । 

सर्वोच्च अदालतले परिक्षण र उपचार निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको अवस्थामा सरकारले गैर जिम्मेवारीपूर्ण निर्णय गरेको भन्दै विरोध भएको हो ।

यो पनि