जेठ ०५, २०८१, शनिबार
               

सोलुका एक वडाध्यक्ष र वडा सचिवसहित थप १२ जनामा कोरोना

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुकाे सोलुदूधकुण्ड नगरपालिकामा ६७ जनाकाे पिसिआर परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएकाे छ । 

ट्राभल हिस्ट्री समेत नभएका नगरपालिकाका एक वडाअध्यक्ष, एक वडासचिव, स्वास्थ्यकर्मी र व्यवासायीमा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिएका छन् । 

गत शुक्रबार ६४ जनाको स्वाब संकलन गरी बपवराटनगर परीक्षणमा पठाइएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै तल्लो सोलुहाईड्रोपावरमा कार्यरत थप ७ जना मजदूरमा पनि कोरोना देखिएकाे छ ।  थप २१७ मजदूरकाेको पिसिआर परीक्षण गर्दा थप ७ जनामा कोरोना देखिएकाे हाे । 

यससँगै मंगलबार एकै दिन सोलुखुम्बुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि लिखु हाईड्रोपावरमा काम गर्ने ४७ जना र तल्लो सोलु हाईड्रोपावरमा काम गर्ने ११ जना मजदूरमा समेत कोरोना पोजेटिभ देखिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि