जेठ ०५, २०८१, शनिबार
               

यी १५ जिल्लामा छन् ५०० भन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा हाल १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच सयभन्दा बढी संक्रमित छन् । 

त्यस्तै चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेतमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । 

मुस्ताङमा भने सक्रिय संक्रमितको संख्या नरहेको (शून्य रहेको) मन्त्रालयले जनाएको छ ।  

भेन्टिलेटर र आइसियूमा कति छन् ?

नेपालमा हाल ७८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा एक र बागमती प्रदेशमा ४९ जना संक्रमित भेन्टिलेटरमा छन् । यस्तै गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा तीन जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार हाल २७३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । 

प्रदेश १ मा ३०, प्रदेश २ मा १० र बागमती प्रदेशमा १५०  जना आईसीयूमा छन् । 

यस्तै गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सुदूरपश्चिममा आठ जना आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि