जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १७ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप  एक हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै एक हजार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

त्यसैगरी भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

यसअघि हिजो काठमाडौं उपत्यकामा दुई हजार ३८८ जना कोरोना संक्रमित थपिएका थिए ।  

मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि