बैशाख २६, २०८१, बुधबार
               

चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको  मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको  मृत्यु भएको छ ।

नवलपुरको गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान मृत्यु  भएको हो । उनी असोज १७ मा सर्पले डसेपछि सो अस्पताल भर्ना भएका थिए ।

भर्ना भएको भोलिपल्ट उनमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनको मृत्यु अस्पतालको आइसियूकक्षमा उपचारका क्रमा भएको हो ।


कस्तो लाग्यो ?

यो पनि