जेठ ०५, २०८१, शनिबार
               

धरानमा थप एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिए । 

नियमानुसार शव व्यवस्थापन भइरहेको छ । 

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि