जेठ ०५, २०८१, शनिबार
               

सिभिल अस्पतालद्वारा कोरोना संक्रमितका नाममा सूचना जारी : उपचार खर्च र खाना खर्च आफैँ व्योहर्नूस्

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंस्थित सिभिल अस्पतालले संक्रमितहरूले आफैँले उपचार खर्च र खाना खर्च बेहोर्न कोरोना पीडितका नाममा सूचना जारी गरेको छ ।

सरकारले कोभिड-१९को उपचार खर्च नव्यहोर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयनस्वरुप सो अस्पतालले सोमबार कोरोनाका बिरामी स्वयंले उपचार खर्च व्योहर्नुपर्ने भनी सूचना जारी गरेको हो । 

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ,’ अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,’ ‘खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ ।’ 

यसका अलवा सो सूचनामा बिरामीलाई क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा भनिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारले कोरोनाका बिरामीको परीक्षण र उपचार नगर्ने भनी बताएका थिए ।

सरकारको सो निर्णयसँगै सो अस्पतालले माथिको आदेश भन्दै अस्पतालमा रहेका कोरोनाका बिरामीबाट १० हजार रुपैयाँ डिपोजिट उठाउन सुरु गरेको छ । 

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एक महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ, कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरिएको गौतमले बताएका छन् । तर, उनीहरुको खर्च पनि बीमा रकमबाट काटिने सरकारले घोषणा गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि