जेठ ०५, २०८१, शनिबार
               

कोभिड १९का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सरकारको सबै अस्पताललाई निर्देशन

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई  कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।

यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनिएकोमा मन्त्रालयको आइतबार बसेको बैठकले आइसियू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । 

सो बैठकले कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएर पछिल्लो तीन दिनमा लक्षण नदेखिए १० दिनमा डिस्चार्ज गर्न भनी निर्देशन पनि दिएको छ । 

आइतबारै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले सबै संक्रमितको उपचार नगर्ने बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि