जेठ ०५, २०८१, शनिबार
               

सरकारले अब कोरोनाको परीक्षण र उपचार नगर्ने

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । अब कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । 

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेसँगै अब कोरोनाको उपचार आफ्नै खर्च गर्नुपर्ने भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि