जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण पोखरामा ७० वर्षीया एक वृद्धाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

पोखरा । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

कास्की पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । उनी निमोनिया र  हाइपरटेन्सनजस्ता रोगबाट पीडित थिइन् । ती महिलाको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

आइतबारै कोरोनाका करण बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बाँके बर्दियाकाे ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुष र धरान र विराटनगरमा पनि कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि