जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लाका मात्रै कोरोना संक्रमितको संख्या ४३ हजार ३०६ छ । त्यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंका संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना संक्रमण मुक्त भएर निको (डिस्चार्ज) भएका छन् । १५६ जनाको भने मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन् ।

यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ । ललितपुरमा हाल सक्रिय संक्रमितको संख्या २ हजार ६९३ छ ।

भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् । ३९ जनाको मृत्यु भएको छ । हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि