काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप दुई हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्रै एक हजार ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।