विश्व स्वास्थ्य सङ्गठनले रेम्डेसिभिरनामक औषधिले कोभिड-१९ को उपचारमा खासै सुधार ल्याउन नसकेको बताएको छ ।
फाइन्यान्सल टाइम्समा प्रकाशित विवरणअनुसार विश्व स्वास्थ्य सङ्गठनले रेम्डेसिभिरनामक औषधिले कोभिड-१९ को प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा सुधार आउन नसक्दा कोरोना रोगको उपचारमा विद्यमान उपलब्ध औषधिको प्रयोगको आशामा धक्का लागेको बताएको हो।
यसअघि उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो । तर, कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव नखिएन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो । पहिलेको परीक्षणले आस जगाएको थियो । गत अप्रिलमा अमेरिकामा गरिएको परीक्षणका क्रममा रेम्डेसिभिरमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए।
विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो ।