मंसिर ०७, २०८१, शुक्रबार
               

आज गण्डकी प्रदेशमा थपिए ५३ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान उक्त प्रदेशमा ६ जिल्लाका ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ ।

आज थिपिएका संक्रमितसँगै प्रदेशभर कोरोना संक्रमितहरुको संख्या पाँच हजार ४०९ पुगेको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमणको पुष्टि भएको जानकारी दिइएको छ ।

थपिएका संक्रमितहरूमा तनहुँको ऋषिङ गाउँपालिका–४ का एक, ब्यास नगरपालिका–३ का पाँच, लमजुङको सुन्दरबजार नगरपालिकाका दुई रहेका छन् । यस्तै, बाग्लुङको गल्कोट नगरपालिका–४ का दुई, वडा नम्बर ६ का तीन, वडा नम्बर ९ का एक र वडा नम्बर ७ का एक जना रहेका छन् । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ का दुई, वडा नम्बर १७ का एक, वडा नम्बर १३ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ५ का दुई, वडा नम्बर ११ का एक र वडा नम्बर १५ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, कावासोती नगरपालिका–८ का पाँच र वडा नम्बर ३ का एक जनामा पनि संक्रममण पुष्टि भएको छ । 

गोरखाका चारजनामा संक्रमण पुष्टि भएको छ भने उनीहरुपालुङटार नगरपालिका–१ का एक, वडा नम्बर २ का एक र वडा नम्बर ५ का दुईजना रहेका छन्। कास्कीका १९ जनामा संक्रमण देखिएको छ ।

संक्रमितहरु पोखरा महानगरपालिका–५ का दुई, वडा नम्बर २७ का चार, वडा नम्बर ३२ का एक, वडा नम्बर २९ का पाँच, वडा नम्बर ३० का दुई, वडा नम्बर ८ का एक, वडा नम्बर १२ का एक, वडा नम्बर २६ का एक, वडा नम्बर २८ का एक र वडा नम्बर ९ का एकजना रहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि