बैशाख २४, २०८१, सोमबार
               

अस्पताल भर्ना भएका नेता खनालको स्वास्थ्य सुधारोन्मुख

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख देखिएको छ।

रक्तचाप बढेका कारण धुम्बाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

भट्टराईका अनुसार आज साँझसम्म नेता खनाल डिस्चार्ज हुने सम्भावना छ ।

“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, भट्टराईले भने, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य छ ।” 

खनालको रक्तचाप बढेपछि बुधबार अपराह्न अस्पताल भर्ना गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि