ललितपुर । काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा मात्रै हालसम्म ४८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
ललितपुरमा मात्रै ४८ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
एउटा महानगरसहित ६ वटा स्थानीय तह रहेको ललितपुरमा हालसम्म पाँच हजार १५८ जनामा कोरोना संक्रमण देखिएको छ ।
ती संक्रमितमध्ये दुई हजार ६०३ जना कोरोनामुक्त (डिस्चार्ज) भइसकेका छन् ।
ललितपुरमा अहिले दुई हजार ५०७ जना सक्रिय संक्रमित छन् ।