काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप जनामा दुई हजार २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप दुई हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा मात्रै एक हजार ८८८ संक्रमित थपिएका छन् ।
त्यसैगरी भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यसअघि हिजो (आइतबार) काठमाडौं उपत्यकामा एक हजार ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।