काठमाडौं । सरकारबाट गठित वार्ता समिति र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज भएको वार्ता निष्कर्षविहीन सकिएको छ
चिकित्सा शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न माग राखेर २५ दिनदेखि अनशनमा रहेका डा. केसीका माग सम्बोधन गर्न भन्दै आज (बिहीबार) शिक्षा मन्त्रालयमा दिनभर वार्ता भएको थियो ।
पटकपटक स्थगित हुँदै चल्दै गरेको वार्ता राति साढे ८ बजेसम्म कुनै टुंगोमा नपुगी स्थगित भएको डा. केसीका वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए ।
वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको र फेरि बस्न सक्ने गरी वार्ता स्थगित भएको उनले जानकारी दिए ।
सहमति नजुटेपछि थप आन्तरिक गृहकार्य गर्ने भन्दै वार्ता स्थगित भएको बताइएको छ ।
आजै राति थप छलफल हुन सक्ने पनि उनले बताए ।