जेठ ०५, २०८१, शनिबार
               

वाग्मती प्रदेशः मुख्यमन्त्रीका स्वकीय सचिवलाई काेराेना संक्रमण

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो ।

काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ । 

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताइन् । सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०–१५ दिनदेखि होम क्वारेन्टाइनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन् । 

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । ‘मुख्यमन्त्री ज्यू विगतदेखिनै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ त्यो निरन्तर रहन्छ’, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भने । भेटघाटलाई भने न्यून पारिएको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि