काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सचिवालयका एक सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सुवेदीले आफूमा संक्रमण देखिएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनमा संक्रमण देखिएसँगै कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पिसिआर परीक्षण गरिने बताइएको छ ।