जेठ ०३, २०८१, बिहीबार
               

गोरखामा ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

पोखरा । गोरखामा आज (सोमबार) ९ जना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको गोरखा नगरपालिका वडा नम्बर ११ मा (नेपाल प्रहरीमा कार्यरत) ९ जना र सोही नगर पालिका अन्य वडाका ८ जना र पालुङटारका १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा वडा नं ११ को वडा प्रहरी कार्यालय गोरखा १२ किलोमा कार्यरत २६–२६, २७, ३३–३३ र ३७ वर्षका ६ जना (पुरुष) प्रहरी र २६ र ३३ वर्षीया महिला प्रहरी रहेका छन् भने जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ४८ वर्षीय एक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै वडा नम्बर ११ मा संक्रमित हुनेहरुमा तीन र १२ वर्षीय बालक रहेका छन् । उनीहरु गोरखा १२ किलोमा वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीका छोराहरु हुन् । 

त्यस्तै वडा नम्बर ११ कै २२ र ५८ वर्षीय पुरुष तथा २५ र ४१ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्य संक्रमितहरुमा प्रहरी हिरासतमा रहेका वडा नम्बर १० का ३० वर्षीय पुरुष, वडा नम्बर १४ का ४४ वर्षीय पुरुष छन् भने पालुङटार वडा नम्बर ९ का ३३ वर्षीय एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या चार हजार २३१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि