बैशाख १७, २०८१, सोमबार
               

टिचिङका चिकित्सकहरुले र्‍याली गर्ने

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकहरुले र्‍याली गर्ने भएका छन् ।

चिकित्सकहरुले अस्पतालको कोभिड र इमर्जेन्सीबाहेकका अन्य सेवा छोडेर आज (सोमबार) दिउँसो र्‍याली गर्न लागेका हुन् । 

सो र्‍यालीमा आवासीय चिकित्सकलगायत अन्य समर्थकहरु समेत सहभागी हुनेछन् ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिसक्दा पनि सरकारले उनका मागप्रति कुनै चासो देखाएको छैन । डा. केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ ।

चिकित्सकका अनुसार उनको श्वासको गति बढेको छ । चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको छ । 

डा. केसीको अवस्था कमजोर भए पनि उनले कुनै उपचार लिन नमानेको उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि