जेठ ०२, २०८१, बुधबार
               

कोरोना संक्रमणमा चीनभन्दा नेपाल अघि

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

नेपालमा कोरोना संक्रमण निरन्तर बढ्दै जाँदा चीनमा भन्दा बढी संक्रमित देखिएका छन् । आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमित संख्या ८६ हजार नाघेको हो ।

यो तथ्याङकसंगै नेपालले कोरोना संक्रमणमा चीनलाई पछि पारेको छ । चीनमा ८५ हजार ४ सय ५० संक्रमित छन् । जहाँ नयाँ संक्रमित संख्यादर अत्यन्त कम छ । गएको २४ घण्टामा चीनमा १६ जना नयाँ संक्रमित देखिएका छन् । यस्तै, चीनमा सक्रिय संक्रमित समेत निक्कै कम  छ । जहाँ १ सय ९५ जना सक्रिय संक्रमित छन् ।

नेपालमा भने ८६ हजार संक्रमितमध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् । अहिले  नेपालमा  सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । चीनमा भने ४ हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि