जेठ ०७, २०८१, सोमबार
               

'सरकारलाई डा. केसीको जीवनरक्षाको होइन, कसलाई मन्त्री बनाउने भन्ने चिन्ता छ'
सरकार मस्त निद्रामा

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांगेसका नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नुपर्ने बेला आएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको चिन्ता नभएको बताएका छन् । सरकार मस्त निद्रामा रहेको भन्दै उनले कटाक्ष गरेका छन् ।

२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले नागरिक तहबाट केसीको जीनव रक्षाको पहल गर्नुपर्ने बताएका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रेहका थापाले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको भन्दा बढी कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता रहेको आरोप लगाए ।

उनले लेहेका छन्, ‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं- डा.केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर !’

डा. केसीसँग यसअघि भएका सहमति पालना गर्नुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

यो पनि