जेठ ०२, २०८१, बुधबार
               

गण्डकीमा थपिए १७ संक्रमित

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन पुगेको छ ।

संक्रमितमध्ये गण्डकी प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ । 

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १३९ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि